नियम
अवधि थपको लागि निवेदन दिन_सकिने
(१) ऐनको दफा ९ को उपदफा (२) बमोजिम: उद्योग सञ्चालन वा आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने अवधि थपको लागि उद्योग दर्ता गर्ने निकायमा निवेदन दिँदा अनुसूची-९ बमोजिमको ढाँचामा दिनु पर्नेछ।

(२) ऐनको दफा ९ को उपदफा (२) बमोजिम अवधि बढाउनको लागि दिइने निवेदनसाथ प्रत्येक वर्षको लागि देहायबमोजिमको विलम्व शुल्क बुझाएको निस्सासमेत संलग्न गर्नु पर्नेछ :-

(क) घरेलु तथा साना उद्योगको हकमा पन्ध्र हजार रुपैयाँ,

(ख) मझौला उद्योगको हकमा पचास हजार रुपैयाँ,

(ग) ठूला उच्चोगको हकमा एक लाख पचास हजार रुपैयाँ।

(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा कुनै थप विवरण, कागजात वा जानकारी आवश्यक पर्ने देखेमा उद्योग दर्ता गर्ने निकायले सम्बन्धित निवेदकलाई सात दिनभित्र त्यस्तो विवरण, कागजात वा जानकारी पेश गर्न लगाउन सक्नेछ।

(४) उपनियम (३) बमोजिम माग गरिएको - विवरण, कागजात वा जानकारी प्राप्त भएको पन्ध्र दिनभित्र उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिमा नबढ्ने गरी उद्योग सञ्चालन वा व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने अवधि थप गर्न सक्नेछ।